कार्य विवरण
१ घर १ बगैचा कार्यक्रमलाई थप प्रभाप्कारी बनाउन बगैचा ब्यबस्थापन पछेमा विशेष जोड दिने |प्रविधि प्रसारलाई क्षेत्र बिस्तार्कोलागी गाउपलिका तथा अन्य सरोकार निकाय संग समन्य गरिने |कर्णाली रोड कोरिडोर र रारा रोड कोरिडोरमा मौसमी तथा बेमौसमी तरकारी खेतीमा जोड दिने |जिल्लाको माटो परिचन कार्यलाई थप निरन्तरता दिने |स्थानीय खाद्यान्नलाई नेपाल खाद्य संस्थानमा आपूर्तिहुने चामल संग विनिमय गर्ने कार्यको सुरुवात गरिने |सुक्खा
क्षेत्रमा थोपा सिचाइ,सिमेन्ट पोखरी र प्लास्टिक पोखरी निर्माण गरी
बर्षादको पानी र हिउदको हिउपानी संकलन गरी प्रयोग गर्नमा जोड दिने |यस
जिल्लाका कृषकको आय आर्जनमा महत्तोपुर्ण भूमिका खेल्ने बाली सिमी र आलुको
थप उत्पादन र उत्पादकत्व वृद्धिको लागी कृषि अनुसन्धान केन्द्र संग समन्वय
गरिने |उच्च मूल्य कृषि बस्तु बजारीकरणको लागि सहकारीमा आधारित बिक्रीवितरण प्रणाली (CO-OPERATIVE MARKETING) लाई प्रोत्साहन गरिने छ |७ 'स ' अभियान (स्याउ ,सिमी ,सिचांइ ,संकलन ,केन्द्र ,सहुलियत ,समूह ,सहकारी )मार्फत लगानी बढाउने |गरिबी
निउनिकरण लागि सामुदायीक स्याउ बगैचा कार्यक्रम प्रोत्साहन गरी सार्बजनिक
जग्गाहरूमा बगैचा स्थापना गरी आय आर्जनमा वृद्धि गर्ने |कर्णाली रोड कोरोडोरमा मौसमी तरकारी खेतीमा जोड दिने |प्रांगारिक क्षेत्र विस्तारको लागि गाउपालिका तथा अन्य सरोकार निकाय संग समन्वय गरिने |प्रांगारिक क्षेत्रमा रासायनिक मलको विकल्प रुपम १ बगैचा १ कम्पोस्ट पिट निर्माणक साथै भकारो सुधार निर्माण अभियान संचालन गरिने |लोपुन्मुख तथा मौलिक बाली संरछण, सम्बर्धन तथा प्रबर्धन कार्यमा जोड दिने यसको लागी ग्रामिण स्तरमा बिउ बैक स्थापना गरिने |जुम्लाको पहिचान कालिमर्सिधान्को संरछनका साथै उन्नत जात चन्दननाथ १,३ ,र लेकाली जातको क्षेत्रफल बिस्तारमा जोड दिने |सम्भाव्य बालीहरु मुला गाजर,रायो, लगायत खाद्यन्न बालीमा धन र गहुँको बिउ उत्पादन गरी जिल्लाको माग पूर्ति र निर्यात गरिने |फलफल र आलु भण्डारको लागि सेलार तथा रास्ट्रिक स्टोरको निर्माणको लागि यस जिल्लामा कार्यरत संघसंस्था संग गरिने छ |कृषि प्रविधिलाई ग्रामिण स्तर सम्म पुराउन हरेक बालीहरुको मौसम अनुसार घुम्ती सिविर संचालन गर्ने नीति लिने छ |