कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

जुम्ला

परिचय

नेपाल अधिराज्यको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अंचलको सुदुरमुकामको रुपमा रहेको जुम्ला जिल्ला नेपालको संविधान २०७२ अनुसार देश संघिय संरचना जाँदा नेपालका ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्ला पर्दछ| यही जिल्लाको विजयनगरमा रहेको २०२८ सालमा कृषि शाखा, २०५१ सालमा कृषि विकास शाखा, २०६२ सालमा जिल्ला कृषि विकास कार्यालय, हुदै २०७५ सालमा कृषि ज्ञान केन्द्र (मुगु जिल्ला सहित कार्य क्षेत्र ) हुदै २०७६ साल भाद्र १५ गते कृषि विकास कार्यालयको रुपमा रहेको छ | कूल क्षेत्रफल २,५३,१०० हेक्टर मध्ये ३९,४८६ हेक्टर खेती योग्य भुमि रहेको छ जस मध्ये २६,४३५ हेक्टर कूल खेती भएको छ | सिचित ३,३६४ हेक्टर, असिचित (पाखो ) २३,०७१ हेक्टर रहेको छ | जिल्लामा उद्योग धन्दा तथा घडेरीले ( रियलस्टेट) करिब १९ हेक्टर रहेको छ | जिल्लाको कूल घर धुरी संख्या १९,३०३ जनसंख्या १,०८,९२१ (२०६८ अनुसार ) रहेको छ | १ वटा नगरपालिका ७ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् | १ वटा प्रतिनिधि सभा र २ वटा प्रदेश सभा सिट कायम रहेको छ | कृषि विकासको दृष्टिले हेर्दा यो नेपालको पहिलो प्राङ्गारिक जिल्ला (२०६६ साल )को रुपमा रहेकाे छ हाल सम्म निरन्तर चलीरहेको छ | यहाँ उत्पादन हुने सबै कृषि जन्य बस्तु, प्राङ्गारिक छन् | यहाँको कृषि विकासका मूल प्राथमिकता / रणनीति ७’स’ ( स्याउ,सिमी, सिचाई, सडक, संकलन केन्द्र, समूह/ सहकारी र सहुलियत / अनुदान / लगानी ) रहेका छन् | जुम्ला जिल्ला नेपालको मानव विकास सूचाङकमा ६१ औं जिल्लामा पर्दछ ( नेपाल मानव विकास प्रतिवेदन )| कृषि आयको प्रमुख श्रोत भयको जुम्ला जिल्लामा कृषिको उन्नत प्रविधि प्रचारप्रसार गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उधेश्यले २०२८ सालदेखि जिल्लामा कृषि विकास कार्यालयको स्थापना भइ कृषकहरुलाई सेवाटेवा प्रदान गर्दै आएको छ| परम्परागत खेती प्रणाली भएको देशमा बढ्दो जनसंख्याको लागी उन्नत चाहिने खाद्यान्न आपूर्ति गर्ने काम असम्भब भएको सर्बबिदितै छ| कृषकको आर्थिक उन्नततिको लागी उन्नत कृषि प्रबिधि कृषक स्तरसम्म पुर्याउने दिर्घकालिन र अल्पकालीन उद्येश्य समावेस गरी कृषि उत्पादनमा आत्मनिर्भर ब्यवसायिक गराउने कार्यक्रम कृ.वि. का . जुम्लाबाट संचालन गरिदै आएको छ र यस आर्थिक वर्षमा जुम्लालाई नेपालको पहिलो प्रांगारिक प्रमाणीकरण जिल्लाको रुपमा थप परिचय हुन गएको छ |