कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

जुम्ला


परिचय

नेपाल अधिराज्यको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अंचलको सुदुरमुकामको रुपमा रहेको जुम्ला जिल्ला नेपालको संविधान २०७२ अनुसार देश संघिय संरचना जाँदा नेपालका ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्ला पर्दछ| यही जिल्लाको विजयनगरमा रहेको २०२८ सालमा कृषि शाखा, २०५१ सालमा कृषि विकास शाखा, २०६२ सालमा जिल्ला कृषि विकास कार्यालय, हुदै २०७५ सालमा कृषि ज्ञान केन्द्र (मुगु जिल्ला सहित कार्य क्षेत्र ) हुदै २०७६ साल भाद्र १५ गते कृषि विकास कार्यालयको रुपमा रहेको छ | कूल क्षेत्रफल २,५३,१०० हेक्टर मध्ये ३९,४८६ हेक्टर खेती योग्य भुमि रहेको छ जस मध्ये २६,४३५ हेक्टर कूल खेती भएको छ | सिचित ३,३६४ हेक्टर, असिचित (पाखो ) २३,०७१ हेक्टर रहेको छ | जिल्लामा उद्योग धन्दा तथा घडेरीले ( रियलस्टेट) करिब १९ हेक्टर रहेको छ | जिल्लाको कूल घर धुरी संख्या १९,३०३ जनसंख्या १,०८,९२१ (२०६८ अनुसार ) रहेको छ | १ वटा नगरपालिका ७ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् | १ वटा प्रतिनिधि सभा र २ वटा प्रदेश सभा सिट कायम रहेको छ | कृषि विकासको दृष्टिले हेर्दा यो नेपालको पहिलो प्राङ्गारिक जिल्ला (२०६६ साल )को रुपमा रहेकाे छ हाल सम्म निरन्तर चलीरहेको छ | यहाँ उत्पादन हुने सबै कृषि जन्य बस्तु, प्राङ्गारिक छन् | यहाँको कृषि विकासका मूल प्राथमिकता / रणनीति ७’स’ ( स्याउ,सिमी, सिचाई, सडक, संकलन केन्द्र, समूह/ सहकारी र सहुलियत / अनुदान / लगानी ) रहेका छन् | जुम्ला जिल्ला नेपालको मानव विकास सूचाङकमा ६१ औं जिल्लामा पर्दछ ( नेपाल मानव विकास प्रतिवेदन )| कृषि आयको प्रमुख श्रोत भयको जुम्ला जिल्लामा कृषिको उन्नत प्रविधि प्रचारप्रसार गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उधेश्यले २०२८ सालदेखि जिल्लामा कृषि विकास कार्यालयको स्थापना भइ कृषकहरुलाई सेवाटेवा प्रदान गर्दै आएको छ| परम्परागत खेती प्रणाली भएको देशमा बढ्दो जनसंख्याको लागी उन्नत चाहिने खाद्यान्न आपूर्ति गर्ने काम असम्भब भएको सर्बबिदितै छ| कृषकको आर्थिक उन्नततिको लागी उन्नत कृषि प्रबिधि कृषक स्तरसम्म पुर्याउने दिर्घकालिन र अल्पकालीन उद्येश्य समावेस गरी कृषि उत्पादनमा आत्मनिर्भर ब्यवसायिक गराउने कार्यक्रम कृ.वि. का . जुम्लाबाट संचालन गरिदै आएको छ र यस आर्थिक वर्षमा जुम्लालाई नेपालको पहिलो प्रांगारिक प्रमाणीकरण जिल्लाको रुपमा थप परिचय हुन गएको छ |

योजना

कृषि विकास कार्यक्रम अन्तरसम्बन्धित  र बहु आयमुलक पेशा भयको आवश्यक अव्यकको रुपमा रहेका अन्य तत्वहरु मिलाई एकीकृत रुपमा लान नसकिने लछित उद्येश्य हासिल गर्न नसकिने भएकोले सम्भाव्य पकेट क्षेत्रहरुको पहिचान गरी कृषक समुहको सहभागितामा आयोजक अवधारणा अपनाई ब्यवसायिक कार्यक्रम तर्जुमा एवंम् संचालन गर्ने र कृषक समूहहरुलाई निर्वहमुखी मात्र नभई ब्यवसायिक खेती तर्फ उन्मुख गराउनुका साथै कृषिजन्य वस्तुहरुको लागि अपरिहार्य उन्नत बिउ,विषादी ,कृषि उपकरण आदि सर्वसुलभ तरिकाले आपूर्ति गराउन आवश्यक कार्यनीतिहरु अखतियार गरिएको छ |

क ) खाद्यान्न , फलफुल  तथा तरकारीको बिउको समुचित विकासको लागि उपलब्ध प्रविधिलाई समेत कृषक समूह मार्फत कार्यक्रम संचालन गरी कृषिजन्य बस्तुहरुको उत्पादन बढाउन |

ख ) नीति स्तरमा स्थापित फर्म , कम्पनीहरुमा अपनायका उन्नत प्रविधिहरुको जानकारी गराउन कृषक भ्रमण , कृषक दिवस  आदिको कार्यक्रम संचालन  गर्ने |

ग ) कृषि अनुसन्धानबाट सिफारिस भयका स्थानीय माटो सुहाउदो प्राविधिकहरुको ज्ञानलाई कृषक समछे

पुर्याउन उन्नत फलफुल, तरकारी , अन्नबाली ,विउ बेर्ना आदिको उत्पादनको साथै वितरण तर्फ निजि क्षेत्रको संलता बढाउने |

घ ) विकेद्रिकरणको सिधान्त अनुसार कृषि विकास कार्यक्रम अनुगमन तथा मुल्यांकन प्रक्रियामा तल्लो स्तर सम्मका विभिन्न निकायहरु एबम ग्रामिण जनता र जनप्रतिनिधिहरुको सग्नालाता बढाउदै जाने |

ङ) कृषि प्रसारमा स्थानीय एवंम क्षेत्रीय गैह्र सरकारी संस्था /समुदायको संलग्नत बढाउदै जाने |

दीर्घकालीन उद्येश्य :
  • १. कृषि उत्पादनन्नत प्रविधिको प्रचारप्रसार गरी उत्पादन र उत्पादक्तो बढाउने |
  • २. दिगो कृषि विकासको माध्यमबाट कृषकहरुको जीवनस्तर माथि उकास्ने |
  • ३. कृषिजन्य उद्योग विस्तारको लागी आवश्यक कच्चा पदार्थको उत्पादन बढाई आयमुलक रोजगारीको अवसरहरुको सिर्जना गर्ने |
  • अल्पकालीन उद्येश्य:
  • ४. कृषि प्रसारका शैछिक पद्धति कृषक तालिम, गोष्ठी ,भर्मन, प्रदर्शन , प्रतियोगिता, आदिको मध्यमबाट उन्नत प्रविधिको ज्ञान ,सिप, दिई स्तरीय जनशक्ति तयार गर्ने प्रविधि अबलम्वन गराउन मदत गर्ने |
  • ५. कृषकहरुको सहभागिता सम्भाव्यताको आधारमा पकेट क्षेत्र छनौट गरी उपलब्ध श्रोत साधनको समुचित सदुपयोग हुने दृष्टिकोणबाट कृषि कार्यक्रम तर्जुमा गर्ने |
  • ६. छरिएर रहेका कृषकहरुलाई समुहमा आबद्ध गराई समूह हितकोष परिचालन गराउने तथा समूह मार्फत विभिन्न कृषि कार्यक्रम संचालन गर्दै लैजाने |
  • ७. आधुनिक कृषि प्रविधि सम्बन्धि ज्ञान, सिप प्रदान गरी परम्परागत कृषि प्रणालीमा परिवर्तन ल्याउने |
  • ८. स्याउको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्धन गर्ने |
  • ९. कृषि उत्पादन स्थलमा ग्रामिण कृषि सडकको पहुच पुर्याउने |
  • १०. जिल्लालाई खाद्य सुरक्षामा आत्मनिर्भर बढाउने |

    लक्ष्य

  • १. कृषि विकास कार्यक्रम अन्तरसम्बन्धित र बहु आयमुलक पेशा भयको आवश्यक अव्यकको रुपमा रहेका अन्य तत्वहरु मिलाई एकीकृत रुपमा लान नसकिने लछित उद्येश्य हासिल गर्न नसकिने भएकोले सम्भाव्य पकेट क्षेत्रहरुको पहिचान गरी कृषक समुहको सहभागितामा आयोजक अवधारणा अपनाई ब्यवसायिक कार्यक्रम तर्जुमा एवंम् संचालन गर्ने र कृषक समूहहरुलाई निर्वहमुखी मात्र नभई ब्यवसायिक खेती तर्फ उन्मुख गराउनुका साथै कृषिजन्य वस्तुहरुको लागि अपरिहार्य उन्नत बिउ,विषादी ,कृषि उपकरण आदि सर्वसुलभ तरिकाले आपूर्ति गराउन आवश्यक कार्यनीतिहरु अखतियार गरिएको छ |
  • २. खाद्यान्न , फलफुल तथा तरकारीको बिउको समुचित विकासको लागि उपलब्ध प्रविधिलाई समेत कृषक समूह मार्फत कार्यक्रम संचालन गरी कृषिजन्य बस्तुहरुको उत्पादन बढाउन |
  • ३. नीति स्तरमा स्थापित फर्म , कम्पनीहरुमा अपनायका उन्नत प्रविधिहरुको जानकारी गराउन कृषक भ्रमण , कृषक दिवस आदिको कार्यक्रम संचालन गर्ने |
  • ४. कृषि अनुसन्धानबाट सिफारिस भयका स्थानीय माटो सुहाउदो प्राविधिकहरुको ज्ञानलाई कृषक समछे पुर्याउन उन्नत फलफुल, तरकारी , अन्नबाली ,विउ बेर्ना आदिको उत्पादनको साथै वितरण तर्फ निजि क्षेत्रको संलता बढाउने |
  • ५. विकेद्रिकरणको सिधान्त अनुसार कृषि विकास कार्यक्रम अनुगमन तथा मुल्यांकन प्रक्रियामा तल्लो स्तर सम्मका विभिन्न निकायहरु एबम ग्रामिण जनता र जनप्रतिनिधिहरुको सग्नालाता बढाउदै जाने |
  • ६. कृषि प्रसारमा स्थानीय एवंम क्षेत्रीय गैह्र सरकारी संस्था /समुदायको संलग्नत बढाउदै जाने |
  • "Nothing goes right if Agriculture goes wrong." यदी कृषि गलत बाटोमा गयो भने केहि पनि ठिक हुदैन भन्ने कुरालाई आत्मसात गरी प्रचार रिने छ |

    © 2020 Copyright : कृषि विकास कार्यालय, जुम्ला
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.